काठमाडौंबाट श्रीमान-श्रीमती पक्राउ गरे छन् यस्तो गर्नै नहुने काम

प्रहरीले काठमाडौंबाट 'हनी ट्र्याप' मा संलग्न आरोपमा दुई जनालाई पक्राउ गरेको छ।सोलुखुम्बु नेचासल्यान नगरपालिका-३ घर भई बालकोट बस्दै आएका २४ वर्षीय शेखर बाँस्तोला र २०।

वर्षीया रोजिना राउतलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। उनीहरू श्रीमान-श्रीमती हुन्।प्रहरीले उनीहरूलाई बिहीबार बानेश्वरबाट पक्राउ गरेको हो।

उनका अनुसार उनीहरूले योजनावद्ध तरिकाले सामाजिक सञ्जालको प्रयोग गर्थे। सामाजिक सञ्जालको प्रयोग गरी पीडितलाई सम्पर्क गर्ने र पछि ती व्यक्तिहरूलाई फोन गरी झूटा मुद्दा लगाइ फसाइदिन्छु भन्दै रकम असुल्ने गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।

उनका अनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत् महिलाहरू परिचालन गरेर फोनको आदानप्रदान गरी पीडितहरूलाई फसाउने गरेको आरोप छ।प्रहरीका अनुसार शेखरले आफू साइबर ब्यूरोका प्रहरी निरीक्षक भनी परिचय गराउने समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post