सुन मान्छे’का रुपमा चिनिएको खतरनाक ब्यक्तिले गरेछन डरलाग्दो काम….

२९ असार, काठमाडौं । ‘सुन मान्छे’का रुपमा चिनिएका एकजना व्यक्ति सरकारी कर्मचारी लाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनकुटा को पाख्रिवास घर भइ हाल काठमाडौंको गोकर्णेश्वरनगरपालिका–६ का ४८ वर्षीय सुवास घिसिङ छन् । उन लाई प्रहरी बिट नयाँ बस्तीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए ।

उनका अनुसार घिसिङले सोमबार नयाँबस्ती एभरेष्ट पम्पसँगै रहेको बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठलाई मुक्का हानेका थिए ।

फोहोरको अनुगमन गर्ने क्रममा ठेकेदार समेत रहेका घिसिङले फोहोरको बिषयलाई लिएर विवाद गरेको मैनालीले बताए ।

त्यसक्रममा एक्कासी श्रेष्ठलाई टाउकोमा मुक्का प्रहार गरी घाइते बनाएको सूचना प्राप्त हुने वित्तिक प्रहरी त्यहाँ पुगेको मैनालीले बताए ।घटनाबारे थप अनुसन्धानका लागि घिसिङलाई ज्यान मार्ने उद्योगमा तीन दिन म्याद थप गरिएको मैनालीले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post