भन्दै किस्मीकी आमा धु’रू धु’रू रु’दै यस्तो भनिन् (भिडियो हेर्नुस

मुस्ताङमा दुर्घ“ टनाग्रस्त तारा एयरको विमान उडाइरहेका क्याप्टेन प्रभाकर घिमिरेको त्यो दिन उक्त विमान उडाउने तालिका नै नभएको खुलासा भएको छ।

पूर्वनिर्धारित तालिकाअनुसार उक्त विमान क्याप्टेन वसन्त लामाले उडाउनुपर्ने थियो। तर, क्याप्टेन लामाले विदा लिएका कारण उक्त विमान क्याप्टेन घिमिरेले उडाउनुपरेको थियो।

विमान दुर्घ“टनामा चालक दलका सदस्यहरु क्याप्टेन प्रभाकर घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापासहित अन्य १९ जना यात्रुको मृ“ त्यु भएको थियो। दुर्भाग्यवश मृ“त्यु हुने १९ जना यात्रुमध्ये क्याप्टेन वसन्त लामा पनि थिए जसले विदा लिएर उक्त विमान क्याप्टेन घिमिरेलाई हस्तान्तरण गरेका थिए। क्याप्टेन लामा विदा मनाउन जोमसोम जाँदै थिए।

त्यस दिन मौसक ठिक थिएन। मौसम ठिक नभएका कारण क्याप्टेन घिमिरे विमान उडाउन चाहँदैनथे। एक पाइलटका अनुसार क्याप्टेन घिमिरे विमान उडाउन तयार थिएनन् तर क्याप्टेन लामाले आग्रह गरेपछि उनी विमान उडाउन तयार भएका थिए।

ती पाइलटका अनुसार क्याप्टेन घिमिरे कहिल्यै पनि यसरी जो“खिम उठाएर विमान उडाउँदैनथे। ३ दशक लामो अनुभव भएका क्याप्टेन घिमिरे जोखिमपूर्ण उडान भर्नु हुँदैन भन्ने पक्षमा थिए । दुर्घ“टना भएको दिन भने उनलाई विमान उडाउन कम्पनीको ठूलो द`बाब थियो। विमान नउडेमा कम्पनीको व्यवसायमा नकारात्मक असर पर्ने भन्दै उनलाई ठूलो द`बाब दिइएको थियो।

त्यसमाथि विकानका यात्रुहरुले पनि विमान उडाउन द`बाब दिएका थिए। विमान नउडाएको भन्दै यात्रुले विमानस्थलमा ना`राबा`जी समेत गरेका थिए । त्यसअघि समिट एयरले जोमसोममै २ उडान भरिसकेकाले पनि यात्रुहरुको द`बाब बढी थियो ।

यी द“बाबहरुका बीचमा क्याप्टेन घिमिरेलाई अर्का क्याप्टेन वसन्त लामाको आग्रह पनि थपियो । क्याप्टेन लामा सोही विमान उडाउँथे र उनले आफूले उडाइरहेको विमान क्याप्टेन घिमिरेलाई हस्तान्तरण गरेका थिए। क्याप्टेन लामाको आग्रहलाई घिमिरेले हार्न नसकेपछि उनले विमान उडाएका थिए।

है्नुस् याे भिडियाे:-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post