काठमाडौं बाट दैलेख जाँदै गरेको बस बाँकेको सम्शेरगञ्जमा दुर्घटना

पूर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको सम्शेरगञ्जमा यात्रुबहाक बस अनियन्त्रित भएर दुर्घटना भएको छ । काठमाडौंबाट दैलेख जाँदै गरेको ना ४ ख ८०६१ नम्बरको बस बाँके राष्ट्रिय निकुञ्जको।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलक्लिक गर्नुहोला ****

मुख्यालय नजिकै दुर्घटना भएको हो ।दुर्घटनामा परेर ११ यात्रु सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

घाइतेहरुलाई नेपाली सेनाले प्राथामिक उपचार गरेपछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ ।

दुर्घटनापश्चात नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीहरु उद्दारमा खटिएका थिए । यसबारे थप अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Post a Comment

Previous Post Next Post