काठमाडौंको बौद्धमा तीन जनाले युवतीमाथि पालैपालो…

काठमाडौंको बौद्धमा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।आइतबार (हिजो) दिउँसो २।

बजे काठमाडौं महानगरपालिका-६ बौद्धस्थित लुङ्ता गेष्ट हाउसमा सामूहिक बलात्कार गरेको।

आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।उनका अनुसार गेष्ट हाउसको तेस्रो तलाको कोठामा तीन जना पुरूषले २४ वर्षीया युवतीमाथि पालैपालो बलात्कार गरी फरार भएको भन्ने खबर पाएको थियो।

खबरपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पीडितको उद्धार गरी उपचार तथा स्वास्थ्य परीक्षणको लागि प्रसूती गृह थापाथली पुर्‍याएको थियो।प्रहरीले काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक घर भई काठमाडौं बस्ने २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाही घर भई बौद्ध बस्ने ३४ वर्षीय उत्तम लामा र सिन्धुपाल्चोक घर भई बौद्ध बस्ने ३४ वर्षीय आङ्निमा भन्ने झ्याम्पा ढिल्ले शेर्पालाई पक्राउ गरेको हो।

आङ्निमा लुङ्ता होटलका सञ्चालक समेत हुन्। प्रहरीले उनलाई मतियार बनेको भन्दै पक्राउ गरेको हो। घटनामा प्रहरीले विभिन्न तरिका अपनाएर उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक मैनालीले बताए।

विभिन्न तरिकाबाट अभियुक्तहरूको पहिचान तथा खोजतलास गरी बौद्धस्थित फरक-फरक स्थानबाट फरक-फरक समयमा पक्राउ गर्‍यौं,’ उनले भने, ‘साँझ ६ बजेसम्ममा १६ घण्टाभित्र हामीले सबैलाई नियन्त्रणमा लियौं।

पक्राउ परेकामाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को करणीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालत काठमाडौंबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको छ। घटनाको प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post