लोक गायिका कल्पनाले सुटुक्क विवाह गरिन्,कसैलाई नबोलाएपछी कलाकारहरु यसरी रिसाए (भिडियो हेर्नुस्)

चर्चित लोकगायिका कल्पना दाहालले ‘कोर्ट म्यारिज’ गरेकी छन् । मंगलबार काठमाडौं जिल्ला अदालतमा उनको अदालती बिहे भएको हो । सोमबार बिहे दर्ताका लागि अदालत पुगेकी उनले मंगलबार मात्र विवाह दर्ताको प्रमाणपत्र पाएकी हुन् ।

दाहालले अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग बिहे गरेकी हुन् । सोमबार विवाहका लागि जिल्ला अदालत पुगे पनि त्यो दिन निवेदन दर्ता भएको र मंगलबार दिउँसो साढे १ बजे विवाह दर्ताको प्रमाणपत्र लिएको अदालत स्रोतले जानकारी दियो ।

उनीहरुको विवाहमा परिवारका सिमित सदस्य मात्र साक्षीका रुपमा गएका थिए । विवाह दर्ताको प्रमाणपत्र लिएपछि बेहुला बेहुलीले काठमाडौं जिल्ला अदालतलाई पृष्ठभूमि बनाएर फोटो खिचाएर हतार हतार बाहिरिएका थिए ।तपाईको बिहे भएछ नी भन्ने रातोपाटीको प्रश्नमा गायिका दाहालले भने आफ्नो बिहे भएको कुरा अस्वीकार गरिन् । उनले भनिन्–‘मेरो कहाँ बिहे हुनु र ? म त अहिले बानेश्वरमा चिया खाएर बसिरहेको छु ।’

गायिका दाहालले आफ्नो बिहे सार्वजनिक नगरेपनि जिल्ला अदालत काठमाडौं स्रोतले भने उनको बिहेको पुष्टि गरेको छ । गायिका दाहालका थुप्रै लोकदोहोरी गीतहरू चर्चित रहेका छन् । 

भिडियो हेर्नुस :-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post