दुखद खबर : रुकुममा माटोको ढिस्कोमा पुरिएर २४ वर्षीय बिष्णुको मृत्यु,

आठबिसकोट नगरपालिका–३ खदी ढाड भन्ने स्थानमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मृत्यु हुनेमा सोही ठाउँ बस्ने २४ वर्षीय बिष्णु कामी रहेका छन् । उनको बिहीबार मृत्यु भएको हो ।ढुङ्गा खानीमा गिट्टीको लागि ढुङ्गा निकाल्ने क्रममा माथिबाट ढुङ्गा र माटोको ढिस्को भत्किन गई उनी पुरिएका थिए ।

उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यालाखतिबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Post a Comment

Previous Post Next Post