५ करोड २० लाख ठगी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ । भक्तपुर सुडालमा रहेको ४ आना सरकारी जग्गा र अन्य व्यक्तिको।
निजी जग्गासमेत बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेहरुमा खोटाङको बुईपा ३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बस्ने धनिराम राई समेतको जाहेरीमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बस्ने केशव प्रसाद अधिकारी र भक्तपुर नगरपालिका वडा नम्वर ८ बस्ने ५८ वर्षीय ईश्वर गाइजु रहेका छन ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो भक्तपुर नगरपालिका १० स्थित मालपोत गेटबाट पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको जनाइएको छ ।
धम्की दिएर सात करोड माग्ने पत्रकारसहित सातजना पक्राउधम्की दिएर सात करोड रुपैयाँ उठाउन खोजेको आरोपमा प्रहरीले केही पत्रकारसहित सात जनालाई पक्राउ गरेको छ। योजनावद्ध रुपमा पटक–पटक फोन र प्रत्यक्ष भेटेर ७ करोड रुपैयाँ माग गरेको सूचनाको आधारमा प्रहरीले पत्रकारसहित सात जनालाई पक्राउ गरेको हो।
अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट सुजन आचार्यसहित सात जनालाई पक्राउ गरेको हो।प्रहरीले पक्राउ परेका पत्रकारहरू आवद्ध सञ्चारमाध्यम खुलाएको छैन।
पक्राउ पर्नेमा सुजन आचार्य, टेक विक, धर्मराज थापा, उमेश भण्डारी, वसन्ता खनाल, सुरज शर्मा र श्रवण कार्की छन्।पक्राउ परेकामाथि आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको छ। पक्राउ पर्नेमा सुजन आचार्य र वसन्ता खनाल पत्रकार हुन्। यसबारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।