आजको राशिफल : वि.सं. २०७९ साल ज्येष्ठ ०८ गते आइतवार, श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ ज्येष्ठ ०८ गते आइतवार तदनुसार ई. सं. २०२२ मई २२ तारिख, नल नामक संवत्सर, शाके :- १९४४, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :- ११४२, (वछलागा), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०५:०८ बजे

र सूर्यास्त : साँझ ०६:३८ बजे, चन्द्रास्त : दिउँसो १०:५४ बजे र चन्द्रोदय : बेलुका १०:५६ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१४ बजे र सूर्यास्त : साँझ ०६:४८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१८ बजे र सूर्यास्त : साँझ ०६:५५ बजे, ज्येष्ठ कृष्णपक्षको सप्तमी तिथि, साँझ ०६:०८ बजेसम्म, त्यसपछि अष्टमी तिथि, धनिष्ठा नक्षत्र, भोलि बिहान ०३:४६ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा मकर राशिमा, दिउँसो ०४:१९ बजेसम्म, त्यसपछि कुम्भ राशिमा, ब्रह्म योग, बिहान १०:२७ बजेसम्म,

त्यसपछि ऐन्द्र योग, सुरुमा विष्टि/भद्रा करण बिहान ०७:०४ बजेसम्म, त्यसपछि बब करण साँझ ०६:०८ बजेसम्म, अन्तिममा बालब करण, (भद्राको वास : पाताललोक), आनन्दादि योग : मात्तङ्ग, चन्द्रवणर् : कालो (दिउँसो ०४:१९ बजेसम्म), त्यसपछि कालो, चन्द्रदिशा : दक्षिण (दिउँसो ०४:१९ बजेसम्म), त्यसपछि पश्चिम, योगिनीदिशा : वायव्य (साँझ ०६:०८ बजेसम्म), त्यसपछि ईशान, वारशूल : पश्चिम, धनिष्ठा पञ्चक/सरुन प्रारम्भ (दिउँसो ०४:१९ बजे), वाणपञ्चकमध्ये रोग वाण : साँझ ०४:३८ पछि, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण, आज : श्री रवि सप्तमी व्रत, अष्टमी व्रत, आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), द्रव्यप्रयोग एवं हलचक्र र फणिचक्र जुरेको दिन

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- ०९ गते : गोरखकाली पूजा, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), गृह प्रवेश, द्रव्यप्रयोग, डेरा सर्ने, कलशचक्र, १० गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), कलशचक्र, ११ गते : मुहूर्त : अन्नप्राशन (पास्नी), शिलान्यास (सामान्य), डेरा सर्ने, कलशचक्र (द्रष्टव्य : मृत्युवाण र भद्रा विचार गरी कार्य गर्ने)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ । विलासिताका सामग्री र सुखसुविधाका वस्तुहरू खरिद गर्नाले खर्च बढ्नसक्छ । आफ्नो काममा तन्मय भएर थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिंदैन, कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन्, तर पनि पारिवारिक जिम्मेबारी बढी रहने समय हो ।

आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अनन्ताय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर गुम्ने समय हो । मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ । क्षमता प्रदर्शन गरी अरुमाथि छाप छोड्ने समय हो । कार्य सम्पादनका माध्यमबाट सिनियरलाई समेत आकर्षित तुल्याउन सकिने छ ।

आजको भाग्यबल ५५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलो हुनसक्छ । मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ । विलासिताका सामग्री र सुखसुविधाका वस्तुहरू खरिद गर्नाले खर्च बढ्नसक्छ । व्यवस्थापन पक्ष र कामदारहरूका बीचमा सन्तुलन कायम राख्न प्रयास गर्नुहोला । परिस्थिति विपक्षमा छ, यति वेला कुनै पनि नयाँ निणर्य लिनु हुँदैन ।

आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सुखद वातावरणमा सुखपूणर् र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । कला, साहित्य र अभिनय क्षेत्रका विद्यार्थीले बाह्य विषयवस्तुमा भन्दा निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय आएको छ । आकर्षक छवि र कुशल व्यवहारको प्रदर्शन गर्नुपर्छ । महत्त्वपूणर् निणर्य लिनुअघि निकै सोचविचार गर्नुहोला, किनकि आजको निणर्यले भाग्यको ढोका उघ्रिनेछ ।

आजको भाग्यबल ६० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गृहदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिनियर स्टाफ वा कुनै सेवाग्राहीको रिसको चक्रमा जाकिने समय छ । समस्या हल गर्न कलह वा विवादलाई होइन, बुद्धिकौशलको उपयोग गर्नु ठीक हुन्छ । भेटघाट र मिलनको समय छ, तर बेकारका कुराकानी र ख्यालठट्टाले दूरी बढ्नसक्छ, होस राख्नुहोला । आज दुःखीको सहयोग गरेमा भाग्य बढ्नेछ, घरमा सम्पर्क गरी बृद्धबृद्धाको आशीर्वचन लिनु राम्रो हुन्छ ।

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नागदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । बढी आत्मकेन्द्रित बन्ने तथा तुजुक र अहङ्कार बढ्ने समय हो । आज जोखिमपूणर् काम गर्नु उचित हुँदैन, जुवातास, लटरी र सट्टापट्टामा धन नाश हुनसक्छ । अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ । आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ ।

आजको भाग्यबल १० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति छ, यद्यपि उच्च शिक्षाका विद्यार्थीका लागि राम्रो समय देखिन्छ । अरूको विश्वास गर्दा सुरुमा काम रोकिन सक्छ, पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला, त्यस्तै गोपनीयता बाहिरिनाले समस्यामा पर्न सकिन्छ । मन हलुका र शरीर स्वस्थ भएको राम्रो दिन छ, तर नियमित काम छाडेर घरपरिवार र आत्मीयजनहरूसँग दिन बिताउन सक्नुहुन्छ ।

आजको भाग्यबल ४५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ग्रामदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारिवारिक विषयमा कुराकानी गर्ने दिन हो, लेनदेनको कारोबार, उठ्ती वा रिनसापटीको विषयले चिन्ता बढाउन सक्छ, तर पनि परिश्रम गरेअनुसार सफलता पाउने दिन हो । सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ । मान्यजनको सामीप्य प्राप्त हुने तथा उहाँहरूलाई आदरभाउ गर्नुपर्ने दिन छ । दाजुभाइ वा माइतीपक्षसँग सम्पर्क गरी भलाकुसारी गर्ने समय हो ।

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ विघ्नविनाशिने नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

विगतको लगानीको प्रतिफल प्राप्त हुन थाल्नेछ, त्यस्तै कारोबार र हिसाबकिताव क्लियर गर्ने समय हो, मनको बोझ घट्ने छ र मन चङ्गा हुनेछ । घरायसी बन्दोबस्तीमा समय दिन नपाउनाले परिवारका सदस्यहरूका माझमा मनमुटाव हुनसक्छ । पराइसँग व्यवहार गर्दा निश्चित दूरी कायम राख्नुपर्छ । परीक्षा वा प्रतियोगिताका लागि तैयारी गर्न अनुकूल दिन रहेको छ । नयाँ व्यवसाय वा रोजगारीको प्रयास गर्दै हुनुहुन्छ भने आशावादी बन्ने दिन हो ।

आजको भाग्यबल ५५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आफ्ना सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने समय आएको छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत हुने र अझ लगनशील बन्ने समय छ । अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विगतका कमीकमजोरीमा सुधार गरी प्रयत्न गरेको काममा सफलता पाउन सकिन्छ । पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, साथै आफ्नो रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने समय हो ।

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन हो । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । गरेका प्रयास र उद्यममा अलिबढी सङघर्ष र चुनौती झेल्नुपर्ने हुन्छ । विवादास्पद निणर्यमा सरिक हुनुपर्ने समय छ, व्यर्थैमा अरुको स्वार्थका निमित्त खट्नुपर्ने हुन्छ, तापनि सुखदुःखमा साथ दिनेहरू फेलापर्ने दिन हो । जिम्मेबारी बढ्नाले काममा खट्ने परिस्थिति छ । आपसी भेटघाट र भलाकुसारीमा आकस्मिक बाधा आइपर्ने छ ।

आजको भाग्यबल ७० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महाकालाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यापारिक लगानी बढाउन कुनै प्रस्ताव प्राप्त हुनेछ । दैनिक खर्चमा कटौती गर्नुपर्ने बाध्यता बन्नसक्छ । अहिलेको त्याग र साधनाबाट भविष्य सुध्रनेछ । आर्थिक एवं व्यवहारिक दुवै पक्ष बलियो छ, व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय हो । पारिवारिक उन्नतिका लागि कुनै नवीन कार्यको शुभारम्भ हुनेछ । कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्ने समय हो । लक्ष्यप्रति केन्द्रित भएमा ठूलो सफलता हात पर्नसक्छ ।

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हिरण्यगर्भाय नमः न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ।)

Post a Comment

Previous Post Next Post