एमाले उम्मेदवारको घरभित्र पसेर परिवारका पाँच सदस्यमाथि खुकुरी प्रहार

काठमाडौं । वडाध्यक्षका उम्मेदवारको घरमै पसेर परिवारका पाँच सदस्यमाथि खुकुरी प्रहार भएको छ ।कैलालीको गोदावरी नगरपालिका–६ मा नेकपा एमालेको तर्फबाट

वडाध्यक्षका उमेदवार जग्गु चौधरीको घरमै पसेर परिवारका पाँच सदस्यमाथि खुकुरी प्रहार गरिएको हो ।खुकुरी प्रहारबाट वडाध्यक्ष जग्गु चौधरीकी छोरी २३ वर्षिया लक्ष्मी चौधरी, भाई विन्तीराम चौधरी, भाई बुहारी बसन्ती चौधरी, भतिजा रविन चौधरी र दिपक कठायत घाईते भएका छन ।

बुधबार राति १५ जना जति काँग्रेस कार्यकर्ता घरमा पसेर खुकुरी प्रहार गरेको आरोप लागेको छ ।काँग्रेस कार्यकर्ता घरमा छिरेपछि उम्मेदवार चौधरी भने लुकेको जनाईएको छ ।

घाईतेहरुको स्थानीय पदमा अस्पतालमा उपचार हुँदैछ । नेकपा एमालेका सचिब लेखराज भट्टले गठबन्धनका कार्यकर्ता सांघातिक आक्रमणमा उत्रिन थालेको बताएका छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post