कञ्चनपुरको पुनर्वासमा काङ्ग्रेसको विजयी यात्रामा निस्किएको ट्याक्टर दुर्घटना : १७ जना घाइते

कञ्चनपुरको पुनर्वासमा नेपाली काङ्ग्रेसको विजयी यात्रामा निस्किएको ट्याक्टर दुर्घटना भएको छ।कञ्चनपुरको पुनर्वास नगरपालिका-५ ‘ग’ गाउँमा काङ्ग्रेसबाट विजयी भएका।

वडाध्यक्ष पदम रोकायाको विजयी यात्रामा निस्किएको ट्याक्टर दुर्घटना भएको हो। मंगलबार छापाली लाईनको सुर्खेती चोक नजिकै विजयी यात्रामा जाँदै गरेको से२त २१९१ नम्बरको ट्याक्टर दुर्घटना प्रहरीले जनाएको छ।दुर्घटनामा १७ जना घाइते भएका छन्।

उनीहरुलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ।प्रहरीका अनुसार घाइतेमध्ये ९ जनालाई अस्पतालले डिस्चार्ज गरिसकेको र अन्य ८ जनाको उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post