चुनाव नजिकीदै गर्दा उपप्रमुख वडा अध्यक्ष र सदस्य गरि नौ उम्मेदवारको मृ”त्यु …

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मे दवारी दिएका नौजना उम्मेदवारको मृ”त्यु भएको जनाएको छ। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै

गर्दा उपप्रमुख, वडाध्य क्ष र सदस्यमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृ”त्यु भएको आयोगले जनाएको हो ।आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वा चनमा प्रतिस्पर्धा गरिरहेका एक लाख ४५ हजार ११ जनामध्ये नौ जना उम्मेदवारको मृ”त्यु भएको जनाएका थिए।

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेपछि नौजना उम्मेदवारको मृत्यु भइसकेको छ,’ उनले भने, ‘उम्मेदवारको मृ त्यु भएका पालिकाहरूमा निर्वाचन अधिकृतले राजनीतिक दल लाई वैकल्पिक उम्मेदवार खडा गराउन समय दिएर

मनोनयपत्र दर्ता गराउनेदेखिदाबीविरोध, अन्तिम नामावली निकाली निर्वाचन चिह्न प्रदान गरेर वैशाख ३० गते निर्वाचन गराउने तर निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवस्थामा उम्मेदवारको मृ”त्यु भएको हुँदा ती ठाँउमा वैकल्पिक उम्मेदवार

खडा गरेर प्रचारप्रसारलगायतका लागि समय दिएर जेठ ३ गते निर्वाचन गर्नसक्ने व्यवस्था आयोगले मिलाएको छ। यो खबर आजको नागरिक दैनिकमा छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post