कैलालीबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना, ३० जना घाइते

कैलालीबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा दुर्घटना हुँदा ३० जना घाइते भएका छन्।

सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका छन्।

उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी लगिँदै गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख डीएसपी शारदा प्रसाद चौधरीका अनुसार दुर्घटनामा घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ ।

६ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइसकिएको छ । अरुलाई पनि ल्याइँदै छ,’ डीएसपी चौधरीले अनलाइनखबरसँग भने, ‘पहाडी जिल्लामा ठूला गाडी नचल्ने भएकाले सना गाडीहरुमा ओसारिरहेका छौं ।

उनका अनुसार अहिलेसम्म कसैको पनि मृत्यु भएको जानकारी छैन । घाइतेहरूको उद्धारको काम भइरहेको छ। घटनाबारे विस्तृत विवरण आउन भने बाँकी छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post