सुत्केरी आमाका लागि आयो खुशीको खबर मासिक यति हजार भत्ता पाउने

हेटौँडास्थानीय तहको निर्वाचनमा आफूहरू निर्वाचित भए विपन्न सुत्केरीलाई तीन महिनासम्म रु पाँच हजार मासिक भत्ता दिने गठबन्धन दलका उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका छन् ।मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा

पाँच दलीय गठबन्धनले आज प्रतिबद्धतापत्र ९घोषणापत्र० सार्वजनिक गर्दै पोषण खानाका लागि रकम उपलब्ध गराउने जनाइएकोे छप्रतिबद्धतापत्रमा हेटौँडा उपमहानगरपालिका क्षेत्रमा रहेको नदीको व्यवस्थापन गरिने, खोलामा अस्थायी स्विमिङपुल निर्माणदेखि सामाजिक सुरक्षा, शिक्षा, नगर विस्तारसम्मका योजनाहरू उल्लेख गरिएको छ 

प्रतिवद्धतापत्रमा उपमहानगरवासीलाई ३०० युनिटसम्मको बिजुली निःशुल्क प्रदान गर्नेदेखि प्रत्येक वडामा एमबिबिएस चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने विषय समेटिएको छ ।ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै पुगी स्वास्थ्य सेवा दिइने प्रमुखकी उम्मेदवार मीना लामाले घोषणा गर्नुभयो । उहाँले ‘एक घर, एक रोजगारी’लाई प्राथमिकतामा राख्नाका साथै न्यून मध्यम व्यावसायिक कार्यका लागि सीप विकास, सहुलियत ऋण, बजार व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

नगरभित्र हरेक घरमा मासिक १० हजार लिटर खानेपानी निःशुल्क गर्ने पनि घोषणा गरिएको छ । हेटौँडा विकास प्राधिकरण गठन गर्ने तथा नगर यातायातको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।हरेक वर्ष कम्तीमा पाँच जनालाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नाका साथै सामुदायिक विद्यालय तथा कलेजमा स्वास्थ्यकर्मीको व्यवस्था गर्न पनि गठबन्धनका उम्मेदवारहरू प्रतिबद्ध रहेको छ ।

उपप्रमुख पदका उम्मेदवार राजेश बानियाँले प्रत्येक वडामा मिनी रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नगरभित्रका नदी खोलाको व्यवस्थापन गरी अस्थायी स्विमिङ पुल निर्माण, जलविहार तथा पार्कहरू निर्माण गरी पर्यटनमैत्री नगर बनाउने योजना पनि अघि सारिएको बताउनुभयो ।

धार्मिक क्षेत्रहरूको सुधार तथा प्रवद्र्धन गर्नाका साथै हरेक वडामा फलफूलको बगैँचा बनाउने पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । नगरस्तरीय प्रज्ञा–प्रतिष्ठान स्थापना, प्रवद्र्धन र विकासका कार्यक्रम गर्न पनि गठबन्धन प्रतिबद्ध बनेको छ भने नगरस्तरीय नाट्यशाला निर्माण गर्ने योजना पनि अघि सारिएको छ

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post