दमक नगरपालिका प्रमुखका उम्मेदवार राम थापा अस्पताल भर्ना

राप्रपा, कांग्रेस र माओवादीसहितको गठबन्धनबाट दमक नगरपालिकाका प्रमुख उम्मेदवार राम थापा बिरामी परेका छन् । राप्रपा प्रदेश-१ का अध्यक्षसमेत रहेका थापा बिरामी भएर अस्पताल भर्ना भएका हुन् ।

उनी बुधबार साँझ बिरामी परेर दमक आम्दा अस्पताल भर्ना भएका थिए ।तर, अस्पतालमा भिडभाड भएपछि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको संयुक्त गठबन्धनका नगर प्रचार संयोजक तथा माओवादी नेता शंकर बस्नेतले जानकारी दिए ।

धरानमा जाँचका क्रमम एपेन्डिसाइट भएको पुष्टि भएको बस्नेतले जानकारी दिए ।यद्यपि उनी आजै डिस्चार्ज हुने बताए । निर्वाचनलगत्तै एपेन्डिक्सको शल्याक्रिया हुने उनले बताए । ‘अहिले इन्जेक्सनले काम गर्छ।

भन्ने डाक्टरको सल्लाह छ,’ उनले भने, ‘अब निर्वाचनलगत्तै अपरेसन हुन्छ ।’ निर्वाचनको प्रचारमा धपेडीका कारण उनी बिरामी परेका थिए । उनलाई पेट दुखेपछि मंगलबार अस्पताल भर्ना गरिएको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post