एमाले र कांग्रेस कार्यकताबीच झडप हुँदा...

नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा बाह्रबिसे नगरपालिका १ घोर्थली गाउँमा स्थानीय मतदान केन्द्रमा मतदान रोकिएको छ ।

बाह्रबिसे नगरको शिरभेग वडामध्ये एक घोर्थलीकै स्थानीय भूमेश्वरी माध्यमिक विद्यालयको ‘क’ मत केन्द्रमा विवाद भएकाले मतदान रोकिएको हो ।यस गाउँमा दुई दलका कार्यकर्ताबीच मारामार हुन थालेपछि स्थानीय मतदाता र सुरक्षाकर्मीले आँत्तिएर थप प्रहरी, प्रशासनलाई गुहारेका छन् 

जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार बिहान ११ बजेबाट रोकिएको मतदान अहिलेसम्म सुरु हुन सकेको छैन ।मतदान केन्द्रमा एउटै मान्छेले दुई पटक मतदान गरेको भन्दै स्थानीय कार्यकर्ताबीच सुरु भएको बाझाबाझ झडपमा बदलिँदा मतदान केन्द्रछेउमा ढुंगामुडा र टेबुल तोडफोड गरेको देखिएको डीएसपी बस्नेतले जनाए।

एउटै व्यक्तिले दुई पटक मतदान गरेपछि दुवै दलका कार्यकर्ताबीच विवाद भएको देखिन्छ तर मतदान सुरु भएको छैन,’ डीएसपी बस्नेतले भने । घटना भएलगत्तै इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानको नेतृत्वमा थप सुरक्षाकर्मीको टिम त्यहाँ पुगेको र आवश्यक सुरक्षा, अनुसन्धान कार्यमा खटिएको उनले उल्लेख गरे ।

बाह्रबिसे नगरको घोर्थलीमा नौ सय २७ मतदाता छन्; यसमध्ये ३ सय मत मात्रै खसेको छ । मतदान पुनः सुरु गर्नका लागि दल, मतदान अधिकृत, पर्यवेक्षकलगायतको टोलीबीच आवश्यक छलफल र बैठक सुरु गरिएको बाह्रबिसे नगरका सहायक निर्वाचन अधिकृत अक्षयकुमार दनुवारले बताए । ‘झडप रोकिएको छ । छलफल चलिरहेको छ । मतदान सुचारु गर्ने प्रयास हुँदैछ,’ उनले भने

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post