आज (आइतबार) ह्वात्तै घट्यो सुनको भाऊ हेर्नुहोस्

साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य घटेको छ।आइतबार सुन प्रतितोला ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार स्थानीय चुनावका कारण सार्वजनिक बिदा थियो। बिहीबार भने सुन प्रतितोला ९७ हजार आठ सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ५० रूपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज सुन प्रतितोला १३ सय रूपैयाँ र चाँदी प्रतितोला १० रूपैयाँ घटेको हो।

अघिल्लो साता आइतबार सुन प्रतितोला ९८ हजार रूपैयाँ र चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भएको थियो। यसर्थ पनि सुन-चाँदीको मूल्यमा गिरावट देखिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post