भोट हाल्ने समय हुनै लाग्दा बालेन साहले आखिर त्यस्तो के भने?? जसले सबैलाई भोट हाल्न बाध्य बनायो?? हेर्नुहोस भिडियो

अब केहिबेरदेखि मतपेटिकामा मतहरु मात्रै खस्ने छैनन्, त्यहाँ हाम्रा सपनाहरु पनि खस्ने छन्, मतपेटिका खुले पछि साकार गर्न सक्नेको हातमा पर्ने गरेर । हामी लामबद्ध भएर घामपानी सहदै कसैलाई जिताउन र कसैलाई हराउन मतदान केन्द्र पुग्ने हौइनौँ, बरु सबैले जित्ने गरेर महानगरलाई जिताउन पुग्ने हौँ ।*** यो समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***

चुनाव हो, हामीले सामर्थ्यले भ्याएसम्म प्रतिष्पर्धा गर्यौँ होला । मनमा हार वा जीत, आफ्नो वा पराइको भावना पनि आयो होला । तर हाम्रा प्रतिष्पर्धा, हार-जीत, आफ्नो-पराइका भावनाहरु पनि मतपेटिकामा नै खस्न पर्छ, ताकि हाम्रा सबै किसिमका प्रतिष्पर्धाहरु हामीबाट रित्तिउन्, दल वा समुहको नरहेर हामी महानगरको मात्रै बन्न सकौँ ।

हरेक विजेता महानगरको विजेता बनोस् । र, हरेक विजेताले सम्पुर्ण महानगरलाई जिताउने प्रण गरोस् । कसले उसलाई भोट दियो वा दिएन भन्ने कुनै पनि कुराले तिलजत्ति पनि फरक नपरोस् ।

गालीगलौज, भद्दा छेडखानी र अपमान जस्ता कुराहरु लोकतन्त्रमा हुनु हुदैन । आवधिक चुनावले नकारात्मक भावनाहरुलाई छान्न सघाउँछ । यसका लागि पनि मतदान अति नै आवश्यक र महत्वपुर्ण हुन्छ ।

यसैले जसरी पनि मतदान गर्न मतदान केन्द्रमा आइदिनुहोला । र, आफ्नो मनले खाएको, महानगर तथा वडाहरुलाई प्रगतिशील नेतृत्व दिन सक्छ भन्ने विश्वास भएको उम्मेदवारहरुलाई निर्धक्क मत दिनुहोला ।*अब केहिबेरदेखि मतपेटिकामा मतहरु मात्रै खस्ने छैनन्, त्यहाँ हाम्रा सपनाहरु पनि खस्ने छन्, मतपेटिका खुले पछि साकार गर्न सक्नेको हातमा पर्ने गरेर । हामी लामबद्ध भएर घामपानी सहदै कसैलाई जिताउन र कसैलाई हराउन मतदान केन्द्र पुग्ने हौइनौँ, बरु सबैले जित्ने गरेर महानगरलाई जिताउन पुग्ने हौँ ।*** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post