बैतडीमा मतदान गरेर फर्कने क्रममा एक वृद्धको मृ,त्यु

बैतडीमा मतदान गरेर फर्कने क्रममा एक वृद्धको मृत्यु भएको छ।बैतडीको दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हालेर फर्कने क्रममा दोगडाकेदार ३ कफल्टाका ८४ बर्षीय हरिसिंह भाटको मृत्यु भएको प्रहरीले जनाएको छ।

भोट हालेर फर्कने क्रममा एक्कासी मतदान केन्द्रमै ढलेका भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। मतदान केन्द्रमै ढलेका भाटलाई तत्कालै श्रीकोट स्वास्थ्यचौकी पुर्याएको भएपनि उनको बाटोमै मृत्यु भएको जोशीले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post