आज (आइतबार) घट्यो कि बढ्यो सुनको भाऊ हेर्नुहोस्

काठमाण्डाै । हप्ताको पहिलो दिन आज फेरि सुनको भाउ बढेको छ।सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा पुगेको छ।

अस्ति पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँमा पुगेको थियो।

यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदी अस्ति जस्तै आज पनि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Post a Comment

Previous Post Next Post