खाजा ल्याएको निहुँमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा झडप, मतदान रोकियो

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर,३ स्थित धुस्कुनमा खाजा ल्याएको निहुँमा कांग्रेसका कार्यकर्ता र सुरक्षाकर्मीबीच भएको बाझाबाझले झडपको रूप लिएपछि मतदान रोकिएको छ ।

शुक्रबार त्रिपुरासुन्दरी गाउँपालिकाको स्थानीय धुस्कुनको महेन्द्र प्रताप माध्यमिक विधालयको मतपेटिका बुथ क ,ख र ग तीनैमा भइरहेको शान्तिपूर्वक मतदान बिथोलिएको हो ।

जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार मतदानस्थलमा मम, जुसजस्ता खाजा दलका उम्मेदवारलाई नल्याउन सुरक्षाकर्मीले अनुरोध गरेका थिए नेपाली कांग्रेसका

त्रिपुरासुन्दरीका उम्मेदवारले भने सुरक्षाकर्मीले पक्षपातपूर्ण व्यवहार गरेकोले झडप भएको आरोप लगाउँदै आएका छन् । यही कुरालाई लिएर भएको चर्को विवादबीच वातावरण पूरै झडपमा परिणत भएपछि मतपेटिका कोठाभित्र राखेर बाहिर सुरक्षाकर्मीले धर्ना दिइरहेको डीएसपी बस्नेतले जनाए ।

पार्टी प्रतिनिधिको रोहबरमा मटपेटिका कोठाभित्र राखेर प्रहरीले सुरक्षा दिएको छ, दल एकाएक आक्रोशित बनेका छन्, आहिलेसम्म झडप शान्त हुन सकेको छैन, मतदान रोकिएको छ,’उनले भने ।

त्रिपुरासुन्दरीको धुस्कुनभर २९ सय मतदाता छन्, जसमध्ये एक हजार मात्रै मत खसेको छमतदान पुन सुरु गर्नका लागि राजनीतिक दल, मतदान अधिकृत, पर्यवेक्षकलगायातको टोलीबीच आवश्यक छलफल र बैठक सुरु गरिएको छ । ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post