दैलेखमा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा ...

दैलेखको आठबीस नगरपालिका–६ मा नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । आठबीस नगरपालिका–६ मा रहेको भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा उनीहरुबीच झडप भएको हो ।

काँग्रेस कार्यकर्ता गणेशबहादुर शाही एक्लैले दर्जनौँ भोट हालेपछि झडपको अवस्था आएको एमाले नेताहरूले बताएका छन् । झडपमा एमालेका आधा दर्जन बढी कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरूमा दुर्गा थापा, कल्पना थापा, कमल थापा, दिल्ली थापा, बलबहादुर थापा लगायत रहेका छन् 

काँग्रेसको तर्फबाट पुरन पुरी, गणेश पुरी, गणेश बहादुर शाही, गगन शाही, हर्कनाथ योगी, लगायतले आक्रमण गरेको एमालेले जनाएको छ । अहिले मतपिटेकाहरू सुरक्षित स्थानमा राखेर मतदान प्रक्रिया स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले बताएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post