काठमाडौँबाट डरलाग्दी गिरोह पक्राउ

स्थानीय तह निर्वाचनको दिन गएको वैशाख ३० गते नयाँ बानेश्वरमा सिलिण्डर बिस्फोट गराउने चारजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा गोरखा लखन गाउँपालिका ५ का २९

वर्षीय हरिकृष्ण थापा, काभ्रे तेमाल गाउँपालिका ९ का २८ वर्षीय करण श्रेष्ठ, भोजपुरको रामप्रसाद राई गाउँपालिका ५ का २८ वर्षीय युवराज थापा र खोाटाङको खोटेहाङ गाउँपालिका ८ का ३६ वर्षीय भरतकुमार राई रहेका छन्।

भरतकुमार राई यसअघि पनि हातहतियार तथा खरखजना, बैंकिङ कसुर तथा कर्तव्य ज्यान मुद्दामा पक्राउ परी सजाय भोगेका व्यक्ति हुन्। उनले बिस्फोट गराई सर्वसाधारणमा त्रास फैल्याउने, निर्वाचन बिथोल्ने र भूमिगत गिरोहको नाममा जनतामा आतंक मच्चाई आर्थिक उपार्जन गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।

३० गते २ बजे नयाँ बानेश्वरमा बिस्फोट गराउँदै गरेको सूचना प्रहरीले पहिल्यै पाएको थियो। तर प्रहरी नपुग्दै उनीहरुले सिलिण्डरमा आगो लगाएर भागेका प्रहरीको दाबी छ। विस्फोटबाट बीके कम्प्लेक्समा रहेको दृष्टि आँखा केन्द्र लेखिएको भवन तथा साक्ष्न ग्लोबल एजुकेसन कन्सलटेन्सी रहेको घरको शिशा फुटेको थियो।

उनीहरुको साथबाट प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (सिवादी) लेखिएको पर्चा पम्प्लेट, कम्ब्याट र प्रेस ज्याकेट, विभिन्न कम्पनीमा काटिएका रसिदसहित विभिन्न सामाग्री बरामद गरेको छ।

उनीहरुमाथि विस्फोटक पदार्थ सम्बन्धि कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनथुनामा राख्न अनुमति लिएर अनुसन्धान सुरु गरिएको एसपी मैनालीले जानकारी दिए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post