भरतपुरमा मतान्तर बढाउँदै रेनु २५३५८ मतगणना गर्दा कसको कति हेर्नुहोस्

भरतपुर महानगरपालिकामा २५३५८ मतगणना गर्दा सत्ता गठबन्धनबाट माओवादीकी मेयर उम्मेदवार रेनु दाहालले प्रतिस्पर्धीभन्दा एघार सय मतले अग्रता लिइरहेकी छन्।

पछिल्लो मतगणना अनुसार अहिलेसम्म दाहालले ९०११ ल्याएकी छन्। उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले भने ७८९२ पाएका छन्। नेपाली कांग्रेसका वागी तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४११२ ल्याएका छन्।

उपमेयरमा पनि गठबन्धन नै अघि छ। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १०७७४ मत ल्याएर अग्रस्थानमा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकि हिमला गुरूङले ६४५४ मत ल्याएर उनलाई पछ्याइरहेकी छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post