६० बर्षिय बृद्धसहित दुइजना पक्राउ, बुढेसकालमा मती बिग्रीएपछी चिसोछिँडीको बास

वैदेशिक रोजगारी मा आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न व्यक्तिबाट लाखौँ ठगी गर्ने दुई जना लाई प्रहरी ले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका घर 

केभई हाल ललितपुरको ठेचो बस्ने ३३ वर्षका विकास तामाङ र सोही ठाउँका ६० बर्षिय हरिबहादुर तामाङ रहेका छन् ।मोरङको रतुवामाई नगरपालिका घर भई हाल काठमाडौँ बस्ने विक्रम मिश्रसमेत पाँच जनालाई भिजिट भिसामा युनाइटेड अरब इमिरेट्स पठाइदिने लोभ देखाएर उनीहरुले नौ लाख ५० हजार ठगी गरेको पाइएको छ ।

उनीहरुले प्रतिव्यक्ति एक लाख ९० हजार उठाएको प्रहरीले जनाएको छ ।त्यसपछि उनीहरु फरार रहेकामा वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन पत्राचार भएपछि खोजतलास गरी उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरुमध्ये विकासलाई बिहीबार काठमाडौँको चुच्चेपाटीबाट र हरिबहादुरलाई शुक्रबार ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको जनाइएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post