सुमो र बस ठोक्कियो, चालक फरार

सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित विपी राजमार्गमा सोमबार बिहान दुर्घट्ना भएको छ । सुनकोशी गाउँपालिका ६ चैनपुरमा बस र सुमो ठोक्किदा मानविय क्षति।

नभएपनि सुमो पुर्णरुपमा ध्वस्त भएको छ । काठमाडौँबाट ओखलढुंगातर्फ आउदैँ गरेको ना १ ज८९५७ नम्बरको सुमो र भोजपुरबाट काठमाडौँतर्फ जादैँ गरेको बा ५ च ५६३४ नम्बरको बस एकआपसमा ठोक्किदा सातजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सुमोमा सवार ओखलढुंगाका सातजनामध्य तीनजना डिस्चार्ज भइसकेका छन् भने भने चारजनालाई थप उपचारकोलागि धुलिखेल अस्पताल लगिएको छ ।

रात्रिकालिन बसका एकजना चालक र बस नियन्त्रणमा रहेपनि दुर्घटनाको बखत बस चलाउने चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post