श्रीमानको हत्या गरी आफै प्रहरी कार्यालय पुगे पछि ….

कैलालीमा श्रीमतीले हँसिया प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी छन् ।जिल्लाको मोहन्याल गाउँपालिका–१ मा हँसिया प्रहार गरी श्रीमानको हत्या गरिएको हो ।

३२ वर्षीया चुमा थापामगरले आफ्ना श्रीमान ४३ वर्षीय नारायण थापामगरको हँसिया प्रहार गरी हत्या गरेकी हुन् ।आइतबर राति १२ बजेको समयमा दुई जनाबीच विवाद हुँदा चुमाले हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी।

नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।श्रीमानको हत्या गरेकी चुमा आफै प्रहरी कार्यालय पुगेकी छन्। अहिले थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल तर्फ लागेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post