काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (आइतबार)नेपाली बजारमा सुनको भाउ झन् उकालो लागेको छ । शुक्रबार तोलामा ५ सय रुपैयाँले बढेको सुनको भाउ आज झन् प्रतितोला ८ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज सुनको भाउ तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।