
शनिबार मध्यान्ह १२ बजेको समयमा धनकुटा नगरपालिका-६ आत्मरास्थित निवासमै ७५ वर्षीय गुरागाईंमाथि छिमेकीले खुर्पा हानेका हुन्। उनलाई छिमेकी २३ वर्षीय दिनेश पोखरेलले खुर्पा प्रहार गरेको जिल्ला प्रहरी कारयालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले बताएका छन्।
गुरागाईंमाथि खुर्पा हान्ने पोखरेललाई प्रहरीले तत्कालै पक्राउ गरेको छ। पोखरेलले प्रारम्भिक बयानमा गुरागाईंको ज्यान लिने उद्धेश्यले खुर्पा हानेको बताएका छन्।
प्रहरीका अनुसार गुरागाईंलाई खुर्पा हान्ने युवा मानसिक तनावमा परेर डिप्रेसनको औषधि लिइरहेका थिए। प्रहरीले मानसिक बिरामीको सामना गरिरहेका पोखरेललाई कसैले उकासेर खुर्पा हान्न लगाएको हुनसक्ने जनाएको छ।
खुर्पा प्रहारबाट घाइते गुरागाईंको आँखामाथिको भागमा गहिरो चोट लागेको छ। उनलाई अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरिएको छ।