लगातार टाउको दुखिरहन्छ ? सावधान ! हुनसक्छ ब्रेनट्युमरको सुरुवाती लक्षण

काठमाडौँ । ब्रेन भनेको मानव मस्तिष्क हो। साथै ट्युमर भनेको अंगमा अनावश्यक मासु पलाउनु हो। सामान्य भाषामा भन्दा मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ।

ब्रेन ट्युमरलाई हाम्रो समाजमा निकै भयावह रोगमा रुपमा लिइन्छ। यो मस्तिष्कमा लाग्ने रोग भएकाले पनि यसलाई आवश्यक्ता भन्दा भयावह रोगका रुपमा लिइएको हो।ब्रेन ट्यूमर एक गम्भीर समस्या हो। समयमै रोग पत्ता लागेर उपचार भएको खण्डमा यो रोग निको हुन्छ। उपचारमा भएको थोरै मात्र ढिलाइले ज्यानसमेत जानसक्छ।

विशेषगरी, ब्रेन ट्युमर भएमा मस्तिष्कको एउटा कोषिका वा अन्य थुप्रै कोषिका असामान्य रुपले बढ्न थाल्छन्, जसका कारण अन्य कोषिका क्षतिग्रस्त हुन थाल्छन्।कुनै ब्रेन ट्युमर वंशाणुगत कारणले हुनसक्छ भने कुनै रेडियसनमा एक्सपोज हुनाले पनि हुनसक्छ। सुरुवाती अवस्थामै यसको पहिचान भएको खण्डमा यो रोग पूर्णतया निको पार्न सकिने भएकाले यसको लक्षणबारे गहिराइमा बुझ्न आवश्यक छ।

१. टाउको दुख्नु

टाउको दुख्नु ब्रेन ट्युमरको सबैभन्दा पहिला तथा सामान्य लक्षण हो। ब्रेन ट्युमर भएमा सुरु(सुरुमा टाउको दुख्ने समस्या बिहानको समयमा बढी हुने गर्छ र पछि लगातार हुने गर्छ।यस्तो दुखाइ कयौंपटक यति धेरै हुन्छ कि मानिसले आफ्नो मानसिक सन्तुलन नै गमाउन सक्छ । यदि तपाईलाई पनि लगातार टाउको दुख्छ भने एकपटक अवश्य चिकित्सकलाई जचाउनुस्।

२. उल्टी आउनु तथा खान मन नलाग्नु

ब्रेन ट्युमरको अर्को लक्षण भनेको वान्ता हुनु हो । कहिलेकाहीँ टाउको दुख्नाले दिनभर केही खान मन लाग्दैन । टाउको दुख्ने समस्या झैं वान्ता हुने समस्या पनि सुरुसुरुमा विहानको समयमा धेरै हुने गर्छ। तर पछिपछि भएपछि यो समस्या बढ्दै जान्छ।

३. शरीर असन्तुलित हुनु

ब्रेन ट्युमर भएमा अक्सर रिङ्गटा लाग्ने गर्छ। कहिलेकाहीँ धेरै रिङ्गटा लागेमा मानिस ढल्नेसमेत गर्छ। विशेषगरी ट्युमर सेरिबेलममा भएमा यसले शारीरिक सन्तुलनलाई प्रभावित पार्ने गर्छ, जसले गर्दा कयौंपटक हिँड्दा हिँड्दै शरीरको सन्तुलन विग्रेर मानिस ढल्ने गर्छ।

४. मुर्छा पर्नु

ब्रेन ट्युमरका कारण जब कोषिकाले मस्तिष्कभित्र आफ्ना जालो विछ्याउन थाल्छ वा फैलिन थाल्छ तब यसले वरिपरिका कोषिकालाई समेत प्रभावित पार्ने गर्छ। जसका कारण विरामी बारम्बार मुर्छा पर्ने तथा बेहोश हुने गर्दछ।

५. हात खुट्टामा ऐठन महसुस हुनु

ट्युमरको कोषिका जब प्याराइटल लोबमा हुन थाल्छ, तब मानिसको हात तथा खुट्टामा अचानक ऐठन हुन सुरु हुन्छ। उसलाई आफ्नो शरीरका सबै अंग निस्कृय हुन थालेको महसुस हुन्छ। यो प्यारालाइसिस हुनु पूर्वको अवस्था हो।

६. प्यारालाइसिस महसुस हुनु

ब्रेन ट्युमरका कारण कयौंपटक मानिसको शरीरका विभिन्न अंगहरुबाट मस्तिष्कको कन्ट्रोल टुट्ने गर्छ। जसका कारण उसलाई ति अंगको संवेदनशीलता महसुस हुन सक्दैन।विरामीलाई प्यारालासिस वा पक्षघात भएजस्तो महसुस हुन्छ। यस्तो परिस्थितिमा हात तथा खुट्टाले काम गर्न बन्द गर्छ । यो स्थिति त्यतिबेला पैदा हुन्छ, जब मानिसको मस्तिष्कको प्याराइटल लोबमा ट्यूमर हुने गर्छ।

७. बोल्नमा समस्या

मस्तिष्कले शरीरका हरेक अंगलाई नियन्त्रण गर्दछ । त्यसैले, ट्युमरको कोषिका जुनसुकै कोषिकाको सम्पर्कमा आएपनि त्यसले उक्त कोषिकालाई प्रभावित पार्ने गर्दछ।यसैगरी, जब यी कोषिका ट्यापोरल लोबमा प्रवेश गर्छन्, तब व्यक्तिलाई बोल्नमा समस्या हुन्छ। यही कारण व्यक्तिको आवाज हराउनुका साथै उनीहरुको मुखसमेत बाङगिने गर्छ।

८.स्वभावमा परिवर्तन

ब्रेन ट्युमरका कारण हाम्रो अंग तथा मानसिक अवस्थामा मात्र नभइ स्वभावसमेत प्रभावित हुने गर्छ। ट्युमर अगाडिको लोबमा पुगेमा त्यसले व्यक्तिको स्वभावमा समेत परिवर्तन ल्याउँछ।व्यक्तिले आफ्नो व्यवहारलाई नियन्त्रण गर्न सक्दैन, जसका कारण उसमा चिडचिडापन तथा उदासी आउने गर्छ।

९. सुन्नमा कठिनाइ

ब्रेन ट्यूमर जब व्यक्तिको ट्यापोरल लोबमा पुग्दछ, तब यसले बोल्नमा मात्र नभई सुन्नमासमेत समस्या उत्पन्न गराउँछ। कयौंपटक त कानको जाली पनि फाटे झैं महसुस हुन्छ।

१०. कमजोरी महसुस हुनु

टाउको दुख्नुका साथै कमजोरी महसुस हुनथाल्छ । जब मस्तिष्कमा ट्युमर पलाउन थाल्छ, तब वरिपरिका कोषिका प्रभावित हुन थाल्छन्। जसका कारण टाउको दुख्नुका साथै सम्पूर्ण शरीर कमजोर भएको महसुस हुन थाल्छ।

 ब्रेन ट्यूमरको उपचार कसरी गरिन्छ?

सबैभन्दा पहिला लक्षणको आधारमा सिटी स्क्यान,एमआरआई गरेर ब्रेन ट्युमर भए नभएको एवं कुन ग्रेडको छ यकीन गरिन्छ। ट्यूमरको सही उपचार भनेको शल्यक्रिया नै हो । तर केही ट्युमरको शल्यक्रिया नगरि पनि उपचार सम्भव हुन्छ।

ब्रेन ट्यूमरबाट कसरी बच्ने ?

मस्तिष्कका कुनै कोषको अनियन्त्रित वृद्धि भएर मासुको जस्तो डल्लो बन्दा ट्युमर हुने हुँदा यो यही नै सावधानी अपनाउँदा हुदैन् भन्ने हुदैन्।तर स्वस्थ वातवरणमा बस्ने ,विभिन्न प्रकारका रेडियसन, विकिरणबाट जोगीने, मद्यपान,धुम्रपान नगर्नाले केही हदसम्म बच्न सकिन्छ। कुनै पनि लक्षण देखिएमा वा शंका लागेमा तुरन्त न्युरोलोजिष्ट ९नशारोग विशेषज्ञ० कोमा परीक्षण गराउनुपर्छ।

साबधान, बढी मोबाइल प्रयोगले ब्रेन ट्युमर हुनसक्छ।

बच्चामा ब्रेन ट्युमर के हो रु चिकित्सा विज्ञानले अहिलेसम्म यसको ठ्याक्कै उत्तर खोज्न सकेको छैन। हालै भएको एउटा अनुसन्धानले बच्चाको कान नजिकैको मस्तिष्कमा क्यान्सरयुक्त ट्युमरको समस्या बढिरहेको छ।उक्त अनुसन्धानले अत्यधिक मोबाइल प्रयोगका कारण यस्तो समस्या देखिएको बताएको छ। चेन्नईका अपोलो प्रोटोन सेन्टरका चिकित्सक डा राकेश जलालीले गरेको अनुसन्धानमा यस्तो देखिएको हो।डा। राकेशले बच्चालाई लामो समय मोबाइल प्रयोग गर्न नदिनका लागि सुझाब दिएका छन्। अहिलेको शोधले पनि त्यसलाई पुष्टि गरेको छ।

क्त अनुसन्धानले लामो समयसम्म मोबाइल प्रयोग गर्दा मस्तिष्कको क्यान्सर हुने सम्भावनालाई बढाउने निष्कर्ष निकालेको छ।यसरी लामो समय मोबाइलको प्रयोग गर्दा बच्चामा कान नजिकै ट्युमरको खतरा बढेर जान्छ।

६ देखि सात घन्टासम्म लगातार मोबाइलमा कुरा गर्दा ट्युमर हुन सक्छ। उनले भनेका छन्, ‘मोबाइलमा नेटवर्क कमजोर हुने समय मानिसले कानमा जोडसँग टस्साएर कुरा गर्छन्।जसलाई राम्रो मानिँदैन। यस्तो अवस्थामा रेडिएसन एक्सपोजरको खतरा बढ्दै जान्छ।’ चिसो कपाल भएको अवस्थामा मोबाइलमा कुरा गर्नु हुँदैन।

ब्रेन ट्युमरबाट वयस्क मानिस बढी पीडित हुन्छन्। बच्चामा हुने क्यान्सरको ब्रेन ट्युमर दोस्रो ठूलो कारण हो । तर, बच्चामा हुने ब्रेन ट्युमरको भने राम्रोसँग उपचार हुन्छ।

धेरै मानिसमा ब्रेन ट्युमरबारे चेतनाको अभाव छ। यस्तो समस्या सुरुवाती चरणमा थाहा भएमा भने राम्रोसँग उपचार गर्न सकिन्छ। क्यान्सरपीडितमध्येका करिब दुई प्रतिशत मानिस ब्रेन ट्युमरबाट ग्रसित हुन्छन् । ब्रेन ट्युमरले बच्चाको आँखा देख्ने क्षमतामा ह्रास ल्याउँछ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post