आमालाई हात हल्लाउदै बाई भनेर स्कूल हिडेका श्रेया र श्रृष्टि बाटो मै यसरी अस्ताए !

बुधबार सुन्दरीजलमा ट्रिपरको ठक्करबाट दुई बालिकाको ज्यान गयाे । बिहान गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा टिपरको ठक्करबाट २ बालिका दिदीबहिनीको ज्यान गएको हाे ।

दिउँसो स्थानीय प्रशासनको रोहवरमा आफन्त र टिपर कम्पनीविचको छलफलपछि १० घण्टामा शव उठाइएको थियाे । ट्रिपर कम्पनीले मृतकका परिवारलाई ४५ लाख रुपैयाँ दिने सहमति भएकाे थियाे । त्यस्तै घाइतेको उपचार पनि टिपर कम्पनीले नै गर्ने सहमति भएको हो ।

सहमतिपछि दुवै बालिका दिदीबहिनीको शव आफन्तले बुझेर लगेको गोकर्णेश्वर नगरपालिका १ का वडाध्यक्ष राम मानन्धरले जानकारी दिए । ठक्कर दिने टिपर कम्पनी सुन्दरी माई वासिङले ४५ लाख रुपैयाँ क्षतिपूर्ति र घाइते रोहन तामाङको उपचार गर्ने सहमति गरेका हुन् ।

८ वर्षीया ठूली छोरी सृष्‍टि वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा कक्षा २ मा पढ्थिन्। ४ वर्षकी श्रेयालाई पनि महामारीपछि लकडाउन खुलेसँगै यही वर्ष त्यही स्कुलको नर्सरी कक्षामा भर्ना गरेका थिए। वडाध्यक्ष राम मानन्धरका अनुसार घिसिङ चढेको मोटरसाइकललाई घरबाट निस्केको केहीबेरमै टिपरले ठक्कर दिएको थियो।

सोही वडाको मेलम्ची चोकस्थित बराही मन्दिरछेउ पुग्दा उनी चढेको मोटरसाइकललाई बा ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएको थियो।रोहन पनि दुई छोरीलाई बिहानै मोटरसाइकलबाट बस स्टपसम्म लैजान्थे​। त्यहाँ पुग्न मोटरसाइकलमा १० मिनेट जति लाग्छ। कहिलेकाहीँ ढिला पनि हुन्थ्यो।

ढिला भएर बस छुटेमा चार किलोमिटर छिचोलेर विद्यालयसम्म दुवै छोरीलाई मोटरसाइकलमै ल्याउनु हुन्थ्यो, प्रिन्सिपल निराजन सेढाईले भने । बुधबार पनि उनको यही शिलशिला चलेको थियो। तर, यो पटक सधैँजस्तो भएन, रोहन छोरीहरू लिएर बस स्टपसम्म पनि पुग्न पाएनन्।

काठमाडौंका धेरैजसो भित्री बाटोमा विद्यालयका बस पुग्दैनन्। अभिभावकले छोराछोरीलाई आधा बाटोसम्म आफैँ पुर्‍याउनुपर्छ। उनी बसेको क्षेत्रमा सडक कालोपत्रे हुँदैछ। कालोपत्रे हुँदै गरेको त्यही सडकमा बालुवा बोकेको टिपर अगाडि गुडिरहेको थियो। रोहन पछि पछि। गुडिरहेकै बेला विपरीत दिशाबाट आएको गाडीलाई बाटो पुगेन।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post