दाङमा घट्यो अचम्मको घटना, प्रहरी पनि पर्यो चकित !

दाङ जिल्ला कारागारबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फरार भएका छन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका दाङकै २८ वर्षीय यमराज परियार बिहीबार अस्पतालबाट भागेका हुन्। उनी जिल्ला कारागारका नाइके थिए।

छालासम्बन्धी रोग उपचारका लागि अस्पताल गएका बेला परियार प्रहरी जवान धनबहादुर चौधरी चढ्ने लु ३४ प ४१० नम्बरको मोटरसाइकल लिएर भागेका हुन्।

उनी प्रहरी जवान चौधरीसँग त्यही मोटरसाइकलमा अस्पताल गएका थिए। उपचारका लागि हत्कडी खोल्नासाथ मोटरसाइकल चढेर उनी भागेको प्रहरी जवान चौधरीको भनाइ छ।

तर उनले यो जानकारी ढिला दिएको भन्दै उनलाई पनि प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको दाङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भागेका कैदीको पनि लोकेसन पत्ता लागिसकेको र चाँडै पक्राउ पर्ने दाबी प्रहरीले गरेको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post