दुखद खबर : भर्खरै सिन्धुलीमा स्थानीय र प्रहरीको बीच ठुलो झडप, ११ प्रहरी घाइते , स्थानीयको ठुलो आक्रोष..

सिन्धुलीमा अवरुद्ध बीपी राजमार्ग खुलाउन खोज्दा झडप भएको छ। कमलामाई नगरपालिका-२ पिपलभन्ज्याङमा भएको झडपमा ११ जना प्रहरी घाइते भएका छन्।

बोलेरोको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि स्थानीयले बुधबार बिहानदेखि बीपी राजमार्गअन्तर्गत सिन्धुली–खुर्कोटखण्डको पिपलभन्ज्याङमा सडक अवरुद्ध गरेका थिए। अवरुद्ध सडक खुलाउन प्रहरीले बल प्रहयोग गरेपछि दोहोरो झडप भएको थियो। झडपका क्रममा स्थानीयले प्रहयोग गरेको बोतल र ढुङ्गाले लागेर ११ प्रहरी घाइते भएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए।

घाइतेमध्ये ३ जनालाई गम्भीर चोट लागेको छ। घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ। झडपका क्रममा रोकि राखेका केही सवारी साधनमासमेत क्षती पुगेको वडा अध्यक्ष नवराज थिङले जानकारी दिए।

दोषीमाथि कारवाही र क्षतीपुर्तीको मागसहित पिडित पक्ष र प्रशासनबीच वार्ता भएपनि सहमति जुट्न नसकको समेत अध्यक्ष थिङले बताए।

बीपी राजमार्ग भएर पिपलभन्ज्याङ–पचभैया जाने सडकमा प्रदेश ३–०१–०२४ च १४१९ नम्बरको बोलेरोले ठक्कर दिँदा पैदलयात्री ३९ वर्षिय विजय मोक्तानको मृत्यु भएको थियो। गम्भिर घाइते मोक्तानको उपचारकाक्रममा बुधबार बिहान मृत्यु भएको हो।

प्रहरीले बल प्रयोग गरेर अवरुद्ध सडक खुलाएको छ। उता बोलेरो चालक आइतसिङ लामालाई भने प्रहरीले नियन्त्रणमा लिईसकिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post