श्रीमानको शवमा श्रीमतीको रोदन, दुई छोराको मृत्युमा बुवा रामानन्दको बेदना

जनकपुरधाम : ‘कफन माथिको सेता कपडा र फूल’ हटाउन खोज्दा कसैले भन्यो, यो अहिले यही हुनदिनु न...! कफनलाई सुम्सुम्याईन भित्रबाट चाँदनी भन्दै भनेर श्रीमानले बोलाउँछ की भनेर एकोहोरिईन।

अहँ श्रीमान बोलेनन्, बोल्दै बोलेनन्। हेर्दाहेर्दै भएका मानिस सबै उनको वरिपरि जम्मा भए कोही दाउँरा ल्याउन लागे कोही पराल.. कोही चिता सजाउन थाले त कोही घिउँ, आगो बात्तिको जोहो गर्न थाले। कसैले भन्यो ल अब कफन खोलौं, ढिला नगरौं, लगिहालौं।

तपाईं अब उता गएर बस्नु...कफन अंगालो हालेर भुँईंमा रोई कराईं, आलापबिलाप गरेर बसिरहेकी उनलाई कसैले भन्यो तर उनी उठिनन्। कसैले समातेर उठायो। उनी उठिन, बरु मुर्छा परिन्। श्रीमती चाँदनीले श्रीमान् सरोजको शव देखेपछि भक्कानो फोडेर मेरो देउता, मेरो जीवन, भन्दै कतिबेला मुर्छा पर्थिन, त कुनै बेला उनलाई अलिपर लान खोज्दै थिए सबैजना। तर तान्नखोज्ने हात पन्छाउँदै उनले श्रीमान् सरोजको मृत शरिरलाई समातेर बेस्सरी रुन्थिन्।

कफनभित्र शरिरमा बेरिएको सेतो कपडाले अनुहार अझै छोपिरहेको थियो। श्रीमानको लास आँखामा आँशु छैन.. मुखमा वाक्य छैन ‘तर रुवाई रोकिनसक्नु छ। सबैले सम्हाल्न खोज्यो तर गहुँग्रो मन कहाँ सम्हिलिन्थ्यो र! उता कोही अनुहार हेर्न नसकेर ढल्यो.. कसैले पानी छम्किन थाल्यो। तर श्रीमती त श्रीमानको अनुहार हेरिरहेकी थिइन। बोली रहेकी थिइन्। तर के बोली रहेकी थिईन त्यो कि त उनले बुझ्दथिन कि त उनकै मृत श्रीमानको आत्माले।

धनुषाको धनौजी गाउँपालिकास्थित बहुअर्वा गाउँ शोकमग्न छ। घटना गत भदौ २६ गते राति २ बजेको हो। बहुअर्वा बजार चोकमा गणेश पूजा मेला हेरिरहेको अवस्थामा कसैले सरोज मण्डलको पेटमा तरवारले हानेको थियो।मेला हेर्न क्रममा गाउँकै अमित कुमार मण्डल, मनिष कुमार मण्डल, राजिव कुमार मण्डलसंग आपसी विवाद भयो।

सोही विवादमा प्रतिवादी मनिष, राजिवले धरिलो हतियार तरवारले मनिष अमितको टाउँकोमा प्रहार गरी घाईते बनाएर झगडा भैरहेको देखेपछि झगडा छुटाउन गएका सरोज कुमार मण्डल र बजरङ्ग राउत माथिसमेत तरवार प्रहार भयो। तरवार प्रहारले बजरङ्गको जाँघीमा र सरोजको पेटमा तरवारले हानी आन्तरिक अङ्गभंग गरियो। सरोज त्यही बेलादेखि काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो।

धनौजी गाउँपालिका-५ बहुअर्वाका राम अशिष मण्डलका १८ वर्षीय छोरा मनिष कुमार मण्डल र विमल मण्डलका २३ वर्षीय छोरा राजीव कुमार मण्डल माथि ‘ज्यान मार्ने उद्योग’ मा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरियो। जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलाशले हत्या अभियोग (ज्यान मार्ने उद्योग) मुद्दालाई सामान्य कुटपिटमा परिणत गरी प्रतिबादीलाई मुक्त गर्ने फैसला सुनाए।

फैसलामा प्रतिवादी राजीवकुमार मण्डलले गम्भिर घाइते सरोज मण्डलको उपचार खर्च वापत ४ लाख ९२ हजार २५९ रुपैयाँ, घाइते अनिल मण्डललाई ६९ हजार ३ सय र बजरंग प्रसाद राउतलाई ३ हजार १३० रुपैयाँको बिल भर्पाइ उपचार खर्च उपलब्ध गराउने उल्लेख छ। गत पुस १९ गते जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराभ भट्टराइको आदेश भएको ईजलाश अधिकृत समिता श्रेष्ठमार्फत प्रमाणिक फैसलापत्रमा भनिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post