निकै दुखद खबर : भर्खर बसको ठक्करबाट स्कुटरमा सवार १ जनाको मृत्यु..

काठमाडौंको बेसिगाउँमा बिहीबार बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार ओखलढुङगा घर भएका १८ वर्षीय दिपेन दाहाल रहेका छन् ।दुर्घटनामा गम्भीर घाइते भएका उनको हिजो दिउँसो पौने ४ बजे उपचारका क्रममा जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते भएका स्कुटर चालक र स्कुटरमा पछाडी सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको ३ जना सवार बाग्मती प्रदेश ०२–०१२ प ५३२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।हिजो मध्यान्ह १२ बजे भएका सवारी दुर्घटनामा संलग्न चालकलाई बस सहित प्रहरी बृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post