
तीन वर्षको नाबालक छोरा लाई निर्घात कुटपिट गर्ने सौतेनी आमा र बाबु लाई प्रहरीले पक्राउ गरेको छ ।सुते को ओछयान मा दिसा पिसाब गरेको भन्दै आमा बुबा मिलेर लात्ती र मुक्का ले निर्घात।
।कुटपिट गर्नुका साथै नाबालकलाई लछार पछार पारी, सुती रहेको स्थानबाट टिपेर फ्याँकी सख्त घाइते बनाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको हो ।पक्राउ पर्नेमा ती नाबालकका बुबा ३९ वर्षीय तिलक बुढा र सौतेनी आमा २८ वर्षीय उर्मिला बुढा रहेका छन् ।
दाङको घोराही उपमहानगरपालिका वडा नं। १९ स्थायी घर भएका तिलकले निजको जेठी श्रीमतीको मृत्यु पश्चात् उर्मिलासँग दोस्रो विवाह गरेका थिए । विवाहपछि दुवै जना जेठी श्रीमतीबाट जायजन्म भएको छोराछोरी समेत साथमा लिई काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं. ६ स्थित सि.एन इट्टा भट्टा उद्योगमा मजदुरी पेशा गर्दै आएका थिए ।
गत चैत ९ गते सोही इट्टा उद्योग नजिकै रहेको छाप्रोमा सुती रहेको नाबालक छोरालाई सौतिनी आमाले सुताएको ओछयानमा दिसा पिसाब गर्यो भनी लात्ती र मुक्काले निर्घात कुटपिट गरी रहेको अवस्थामा बुबा तिलकसमेत आई लछार पछार पारी, सुतिरहेको स्थानबाट टिपेर फ्याँकी सख्त घाइते बनाएका थिए ।
नाबालकलाई स्थानीयहरूले उद्धार गरी उपचारको लागि धुलिखेल अस्पतालमा पुर्याएका थिए । बालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।नाबालकको अवस्था गम्भीर रहेकाले कानुन बमोजिम कारबाही गरी पाउँ भनी घाइते नाबालकको मामा तेज बहादुर घर्तीले ज्यान सम्बन्धी कसुर ज्यान मार्ने उद्योग शीर्षकमा चैत २९ गते जाहेरी दरखास्त दिएपछि प्रहरीले बुढा दम्पतीलाई पक्राउ गरेको प्रहरी नायक उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
उनी कानुन बमोजिम पक्राउ गरी ज्यान मार्ने उद्योग शीर्षकमा सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको खतिवडाले बताए ।