नेपालमा डाक्टर बन्न आएका भारतिय पुरुष यस्तो अवस्थामा भेटिए…

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस अध्ययनरत एक भारतीय विद्यार्थी मानवको टाउको लगायत विभिन्न हड्डीसहित रानी नाकाबाट मंगलबार पक्राउ परेका छन् ।

प्रतिष्ठानमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत भारतको विहार प्रदेशस्थित पूर्णिया जिल्लाको पूर्णिया ग्रामपञ्चायतका २६ वर्षीय आदित्य सिन्हा पक्राउ परेका हुन् ।

सिन्हा रिक्सामा विभिन्न सामग्रीका साथै एउटा कार्टुनसहित भारततर्फ जाँदै गरेको अवस्थामा विराटनगर १५ रानीस्थित मुख्य भन्सार नाकामा खटिएको सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको हो ।सिन्हालाई शंका लागेर जाँच गर्दा मानवको टाउकोलगायत विभन्न हड्डी बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति राजकुमार लामिछानेले बताए ।

कार्टुनबाट मानवको टाउको, खुट्टाको हड्डी ३ वटा, हातको हड्डी ६ वटा, करङको हड्डी ७ वटा, काँधको हड्डी २ वटा, ढाँड, औंला, कुर्कुचाको ८/८ वटा हड्डी, घाँटी, हिप र बंगाराको १/१ वटा हड्डी बरामद भएको उनले बताए ।

सशस्त्र प्रहरीले कारबाहीका लागि इलाका प्रहरी रानीमा बरामद गरिएका हड्डी र सिन्हालाई प्रहरी समक्ष बुझाएको छ । सिन्हाले भने एमबीबीएस अध्ययन पूरा हुने समय भएकाले अध्ययनका लागि यसअघि एमबीबीएस गरेका साथीहरुले दिएको मानव टाउको र हड्डी लिएर घर जाँदै गरेको प्रतिक्रिया दिएका छन् । 

यसअघि पनि सशस्त्र प्रहरीले २०७८ असोज १८ गते रानीस्थित २ नम्बर ढाठबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद गरेको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post