
धरान / धरानमा खुकुरी प्रहार गरि घाइते बनाउने दुई जना युवालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गरि घाइते बनाएको आरोपमा।
धरान १३ का २८ वर्षीया जीवन श्रेष्ठ र धरान १५ मिलन चोक बस्ने १९ वर्षीया आशिष मुजेल रहेको धरान प्रहरीले बताएकाे छ । गत बैशाख १ र २ गते २ अलग अलग खुकुरी प्रहारका घटनामा संलग्न भएकाे आरोपमा निजहरूलाइ प्रकाउ गरिएकाे धरानका इन्स्पेक्टर गजेन्द्र रायमाझीले बताएका छन् ।
जीवनले धरान १३ कै २७ वर्षका लोकन राईलाई खुकुरी प्रहार गरेका थिए भने आषिशले बसन्त राईलाई खुकुरी प्रहार गरि घाइते बनाएका थिए । प्रहरीले दुई जनालाई ज्यान मार्ने उद्योगमा सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान गरिरहेको प्रहरीले बताएकाे छ।
त्यस्तै २ गते धरान १४ का अर्जुन तामाङलाई धरानका धिरेन लिम्बुले तँ बिशाल हो भन्दै दन्तकाली मन्दिर परिसरमा खुकुरी प्रहार गरेका थिए । उनी हालसम्म फरार रहेका छन् ।