बुढेसकालमा मति बिग्रीएपछी चिसोछिँडीको बास ! दुईजना महिलालाई…

३३ वर्ष पहिले दुई जना महिलालाई भारतको मुम्बइ स्थित कोठीमा लगेर बेची फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको साविक ठोरी गाँउपालिका वडा नम्बर ९ स्थायी घर भइ हाल उदयपुर जिल्लाको कटारी नगरपालिका ३ मा बस्दै आएका ५७ वर्षीय विष्णुबहादुर थापा रहेका छन्।कटारीमा लुकीछीपी बस्दै आएको अवस्थामा थापालाई , जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको टोलीले बुधबार पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए।

प्रहरी नायव उपरीक्षक खनालका अनुसार २०४६ साल भदौमा थापाले पर्साको ठोरीकी २ जना महिलालाई विभिन्न प्रलोभन दिएर भारतको मुम्बइ स्थित कोठीमा लगेर बेचेका थिए। सोही बेलादेखि उनी फरार थिए।

मुम्बइबाट पिडित महिलाहरुले हुलाक मार्फत पठाएको जाहेरी दरखास्तका आधारमा प्रहरीले थापाविरुद्ध जीउ मास्ने बेच्ने मुद्दा दर्ता गरेको थियो। त्यसपछि पर्सा जिल्ला अदालतले २०६१ साल चैत १४ गते गरेको फैसलामा थापालाई १० वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो।

जिल्ला प्रहरी कार्यालय पर्सामा थापा कटारीमा लुकीछीपी बसेको सुचना प्राप्त भएपछि बुधबार पर्साबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए। प्रहरीका अनुसार लामो समयदेखि भारतमा बस्दै आएका थापा ५-६ महिनादेखि उदयपुरको कटारी स्थित विद्युत प्राधिकरणमा सुरक्षा गार्डका रुपमा कार्यरत थिए।

पक्राउ परेका थापालाई बिहीबार पर्सा जिल्ला अदालतमा पेश गरि सजाय भुक्तानीका लागि वीरगन्ज कारागारमा पठाइने प्रहरी नायव उपरीक्षक खनालले जानाकारी दिए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post