चुनावको मुखमा वडाध्यक्ष पक्राउ ! कारण अनौठो छ

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका छन्। चोरीको मोटरसाइकलसहित अध्यक्ष पुनलाई प्रहरीले पक्राउ गरेको हो।

वडाध्यक्ष पुनले लामो समयदेखि लु ५९ प ०२१७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल चलाउँदै आएका थिए। तर उनीसँग उक्त मोटरसाइकलका कुनै कागजपत्र थिएनन्।वडाध्यक्ष भएकै कारण प्रहरीले पनि खासै केरकार गरेको थिएन।

वडाध्यक्षले चोरीको मोटरसाइकल चलाउने बारे प्रहरीमा मौखिक उजुरी परेपछि बाध्य भएर प्रहरीले नलगाड १ कल्पत स्थित सडकमा बेवारिसे अवस्थामा छोडेको अवस्थामा मोटरसाइकल नियन्त्रणमा लिएको थियो।

मोटरसाइकल नियन्त्रणमा लिए पनि पक्राउ पर्न नसकेका वडाध्यक्ष पुनलाई जनदवावपछि बुधबार प्रहरीले पक्राउ गरेको हो। वडाध्यक्ष पुनलाई जिल्ला अदालतले अनुसन्धानका लागि सात दिनको म्याद दिएको जिल्ला प्रहरी प्रमुख सन्तोष निरौलाले बताए।

उनी अहिले प्रहरी हिरासतमा छन्। वडाध्यक्षमा फेरि दोहरिने इच्छा राखेका उनलाई चोरीको मोटरसाइकल काण्डले ठुलै धक्का लाग्ने देखिएको छ।।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post