वर्दिवासमा खुकुरी र रड प्रहारबाट एक गम्भिर घाइते

वर्दिवास । महोत्तरीको वर्दिवासमा मंगलवार बिहान खुकुरी र रड प्रहार गरी एक व्यक्तिलाई घाइते बनाइएको छ ।वर्दिवास नगरपालिका वडा नम्बर – ७ फुलवारी टोल बस्ने ४८ वर्षीय गणेशी महतो माथि मंगलवार बिहान आक्रमण भएको हो ।

उनलाई खुकुरी र रड प्रहार गरेर गम्भीर घाइते बनाइएको छ।घटनाको कारण नखुलेपनि घटनामा संलग्न आरोपमा सोहि ठाउँ बस्ने उमेश पाख्रिन सहित तीन जनालाई पक्राउ गरिको इलाका प्रहरी कार्यालय वर्दिवासले जनाएको छ।

घाइतेको उपचार चन्द्रकला हस्पिटल जनकपुरधाममा भईरहेको र घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post