सडकमा यस्तो गर्दै बस्ने ३३ बालक र २२ बालिकालाई….

काठमाडौं, बैशाख ३ : काठमाडौंका सडकमा मागिहिँड्ने ५५ जना बालबालिकालाई प्रहरीले बालबालिका खोजतलास केन्द्रमा पुर्याएको छ।

शुक्रबार एकसाथ जिल्ला प्रहरी परिसर काठमाडौं, नगर प्रहरी कार्यालय र विभिन्न वृत्तबाट खटिएको प्रहरीले उनहरुलाई सडक पेटीबाट लगेको हो।महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद बालबालिका खोजतलास समन्वय केन्द्रसहितको टोलीले बालबालिकालाई सडकबाट लगेको हो।

सडकमा मागेर यात्रुलाई हैरान पारेको तथा आवतजावतमा अवरोध पुर्याएको भन्दै ३३ बालक र २२ जना बालिकालाई लगिएको हो। यसरी सडकमा बसेर माग्नेलाई प्रहरीले अब उठाउने भएको छ।

अभिभावकहरूलाई आफ्ना बालबालिकाहरूको उचित हेरचाह, लालन–पालन, रेखदेख गर्न पनि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुरोध गरेको छ।

यसरी बालबालिकालाई माग्न पठाउने अभिभावकलाई पनि प्रचलित ऐन, कानून अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post