काठमाडौमा बसेर यस्तो काम गर्दा गर्दै रंगेहात पक्राउ परे

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर गरेको आरोपमा काठमाडौँको काँडाघारीबाट शनिबार एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ३० वर्षीय अनुप पाण्डे रहेको ब्युरोले जनाएको छ ।

पाण्डेविरुद्ध बैंकिङ अपराध कसुरमा जिल्ला प्रहरी कार्यालय दाङमा गेहेन्द्रबहादुर बस्नेतको जाहेरी परेको थियो ।उक्त मुद्दामा अनुसन्धानका लागि उच्च अदालत तुलसीपुरबाट यही फागुन २५ मा पक्राउ पूर्जी जारी भएकामा खोजतलासका क्रममा उनलाई काठमाडौँ महानगरपालिका–३२ काँडाघारीबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

इञ्जिनीयरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालीबाट साइड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका पाण्डेले सानिमा बैंकको आफ्नो खातामा रकम नभएको जानीजानी जाहेरवाला बस्नेतको सवारी साधन प्रयोग गरी भाडाबापतको रकममध्ये रु एक करोड आठ लाख ५७ हजारको चेक दिएका थिए ।

उक्त चेक नसाटिएपछि बंैकिङ कसुर गरेको आरोपमा प्रहरीमा परेको जाहेरीका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले बस्नेतलाई भाडाबापत रु एक करोड ४४ लाख १७ हजार दिनुपर्ने जाहेरीमा उल्लेख छ । पाण्डेलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाउने ब्युरोद्वारा आज जारी सूचनामा उल्लेख छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post