इन्धन बोकेको ट्याङ्कर पल्टियो तेल भर्न स्थानीयहरु बाल्टी र ग्यालेनहरु लिएर तछाँड मछाड (भिडियो हेर्नुहोस)

बाराको अमलेखगञ्जबाट इन्धन बोकेर पोखरातर्फ जाँदै गरेको ट्यांकर पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नहालामा दुर्घटनामा परेको छ ।

मंगलबार पोखरातर्फ जाँदै गरेको ना ८ ख ०३२६ नम्बरको ट्याङ्कर सडक छेउमा पल्टिदा दुर्घटना भएको हो । नेपाल आयल निगमका अनुसार सडक छेउको खोल्सा नजिक ट्याङ्कर पल्टिएर दुर्घटना भएतापनि कुनै मानवीय क्षति भने भएको छैन ।

दुर्घटनामा परेको उक्त ट्यांकरबाट चुहिएको तेल जम्मा गर्नकालागि अहिले स्थानीयहरु तँछाड मछाड गरिहेका छन् । अहिले स्थानीयहरु ट्यांकरबाट चुहिएको तेल भर्नका लागि विभिन्न किसिमका बाल्टी र ग्यालेनहरु बोकेर लाइनमा बसेका छन् ।

यता आयल निगमले भने अति प्रज्वलनशील पेट्रोलियम पदार्थ संकलन गर्नु जोखिम हुने बताउँदै तेल नउठाउन स्थानीयलाई आग्रह गरेको छ ।***भिडियो हेर्न तलको क्लिक गर्नुहोला***

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post