लेटाङमा फेरी अर्को दु:खद घटना, गाँउनै शोकमा डुब्यो

महिला प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या प्रकरणले स्तब्ध बनेको मोरङको लेटाङ नगरपालिकामा एक पछि अर्को दुखद घटनाहरू भइरहेका छन् । हिजो मात्रै लेटाङ नगरपालिका ६ की एक किशोरीले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन।

भने आज पुन लेटाङमा एक जनाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । लेटाङ १ लोखराका अन्दाजी ४० वर्षीय शुक्र मगरको स्थानीय चिसाङ खोलाको लोखरा पैनी मुहानमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post