काठमाण्डौको कलंकीमा घट्यो दुःखद घटना

काठमाडौंको कलंकीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार साँझ पौने ७ बजे कलंकीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

चार वटा सवारीसाधन दुर्घटनामा परेको उनले बताए। कलंकीबाट बल्खुतर्फ आउँदै गरेको बागमती प्रदेश÷१÷२५÷प ०४२० नम्बरको गाडी, बा ४९ प ७१८५ नम्बरको स्कुटर, बा१प ९८८ नम्बरको माइक्रो बस र ना ५ ख ७५०८ नम्बरको ट्रक दुर्घटनामा परेका हुन्।

महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार पुरानो एमाले पार्टी कार्यालयनजिकै सुरूमा गाडीले स्कुटरलाई ठक्कर दिएको थियो। गाडीले ठक्कर दिएपछि स्कुटर माइक्रो बससँग ठोक्किएको थियो। माइक्रोसँग ठोक्किएपछि स्कुटरमा सवार एक जना उछिट्टिएर ट्रकमुनि परेको प्रहरीले जनाएको छ।

स्कुटर पछाडि सवार सुनसरी धरान घर भई ललितपुरको टिकाथली बस्ने २९ वर्षीय सन्तोष लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो। उनको बल्खुको बयोधा अस्पतालमा मृत्यु भएको हो। यस्तै, स्कुटर चालक २७ वर्षीय दिनेश थापामगर घाइते छन्। उनी सोही अस्पतालमा उपचाररत छन्। उनको अवस्था सामान्य छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post