वि.सं. २०७८ चैत्र १४ गते सोमवार तदनुसार ई. सं. २०२२ मार्च २८ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (चिल्लागा), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०५:५४ बजे र सूर्यास्त : साँझ ०६:१० बजे, चन्द्रास्त :
दिउँसो ०२:३१ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:०५ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:०२ बजे र सूर्यास्त : साँझ ०६:१९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०७ बजे र सूर्यास्त : साँझ ०६:२४ बजे, चैत्र कृष्णपक्षको एकादशी तिथि, दिउँसो ०४:३१ बजेसम्म, त्यसपछि द्वादशी तिथि, श्रवण नक्षत्र, दिउँसो १२:४८ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा, मध्यरात्रीपछि १२:१५ बजेसम्म, त्यसपछि कुम्भ राशिमा, सिद्धि योग, साँझ ०६:०९
बजेसम्म, त्यसपछि साध्य योग, सुरुमा बालब करण दिउँसो ०४:३१ बजेसम्म, त्यसपछि कौलव करण भोलि बिहान ०३:३६ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : सिद्धि, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : आग्नेय (दिउँसो ०४:३१ बजेसम्म), त्यसपछि नैऋत्य, वारशूल : पूर्व, धनिष्ठा पञ्चक/सरुन प्रारम्भ (मध्यरात्रीपछि १२:१५ बजे), कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय,आज : श्री पापमोचिनी एकादशी व्रत ,
आजको मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अक्षरारम्भ, शिलान्यास (सामान्य), द्रव्यप्रयोग वा लगानी, दैलो राख्ने (द्वारचक्र), कलशचक्रआगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १५ गते :
श्री भौम प्रदोष व्रत (ऋणमोचन तथा पुत्रप्राप्तिका निमित्त), देउपाटनमा देशोद्धार पूजा, वारुणी योग दिनको ०२:४७ बजेउप्रान्त, द्विपुष्कर योग दिनको ११:४६ बजेसम्म, मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), कलशचक्र, १६ गते : पिशाच चतुर्दशी
(पासाचह्रे पूजा), वारुणी योग दिनको ११:०३ बजेसम्म, मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अन्नप्राशन(पास्नी), डेरा सर्ने/बसाइँ सर्ने, कलशचक्र, १७ गते : दर्श श्राद्ध, निशि बार्ने दिन, भद्रकाली पीठमा लिङ्गो ठड्याउने दिन, मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), कलशचक्र
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कर्मप्रति समर्पित हुने तथा वंश, कुल र पितृपक्षका विषयमा आकर्षण बढ्ने दिन हो, नयाँ कामको प्रस्तावसमेत आउन सक्छ । कार्यक्षेत्रमा हाकिमलाई र घरमा मान्यजनलाई सेवाचाकरी गरी प्रसन्न तुल्याउन सकिन्छ । प्रयत्न गर्दा कार्यक्षेत्रमा उन्नतिप्रगति हुने वा विशेष जिम्मेवारी पाउन सकिन्छ । विशिष्ट व्यक्तिसँग मित्रता बढ्ने छ । केही समय आफ्नो व्यक्तिगत प्रयोजनमा छुट्याउनुपर्ने हुन्छ, तर कार्यक्षेत्रमा व्यस्त रहँदा आन्तरिक सम्बन्धमा फाटो बढ्नसक्छ, होस राख्नुपर्छ ।
आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभचिन्तकहरूको साथ पाइने छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ । बौद्धिक र ज्ञानमूलक विषयमा रूचि बढ्ने दिन हो । व्यापार वा कारोबारमा गरेको प्रयास सार्थक हुनेछ । व्यापारको विस्तार हुनेछ र वरिष्ठ एवं शक्तिशाली व्यक्तित्वबाट स्नेह र सम्मान प्राप्त हुनेछ । थोरै मात्र प्रयास गरेर आम्दानीका मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनुपर्ने हुन्छ ।
आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने समय हो, हाँके/ताकेका जुनसुकै काममा बिलम्ब हुनसक्छ । अल्छी गर्ने होइन, कडा परिश्रम गरेर काम निकाल्नुपर्ने हुन्छ । मन भारी र तन उदास हुने समय हो, नकारात्मक र हीनभावको उदय हुनसक्छ, सकेसम्म सहकर्मीहरूबीच तालमेल कायम राख्नु राम्रो हुन्छ ।
आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अन्तकाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लामो समयपछि कतै एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला । पुरुष जातकले ससुराली पक्षमा र स्त्री जातकले माइतीपक्षमा सम्पर्क गर्ने वा परिआएको काममा सघाउने परिस्थिति देखिन्छ । कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ ।
आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनभित्रका शत्रु अर्थात् रिसराग, द्वेष र अहंकार हाबी हुने भएकाले राम्रो गर्दागर्दै पनि अवगाल खेप्ने समय हो, सचेत र सावधान भएर कामधन्दा गर्नुहोला । निराशा र कुण्ठा बढ्ने समय हो, तर आज नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ । छटपटी र असन्तुष्टि बढ्नसक्ने समय हो, मानसिक र शारीरिक शक्तिमा कमी आउने छ, सानो भुलचुकका कारण हातैमा आएको अवसर पनि उम्कन सक्छ, होस राख्नुपर्छ । खानपान र आहार/विहारमा सावधानी अपनाउनु ठीक हुन्छ ।
आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ऋणहर्त्रे भौमाय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सीपमूलक शिक्षाका विद्यार्थीका लागि क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रम गर्नोस्, राम्रो उपलब्धि पाउनु हुनेछ, साथै भाग्यले समेत साथ दिने समय छ । प्रतिस्पर्द्धा वा परीक्षामा सफल भइने छ, केही नयाँ कुरा सिक्नु छ, वा सिर्जनात्मक काम गर्नुपर्छ भन्ने भावना विकसित हुने समय छ । पढाइ वा तालिमका सिलसिलामा कार्यालयबाहिर जानुपर्ने हुन्छ । प्रयत्न गरेमा देश/विदेशको यात्राको अवसर पनि मिल्नसक्छ ।
आजको भाग्यबल ५५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुमुदप्रियायै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
घरमा सम्पर्क राखी भाइबहिनी वा छोरा/छोरीको उन्नति, प्रगति वा आचरणसम्बन्धी कुरामा चिन्ता गर्नु राम्रो हुन्छ । होटल/मोटल, रेस्टोरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढंगले चिन्तन गर्ने समय आएको छ, खटेअनुसार आम्दानी हुने दिन हो । सजावटका सामान, भाँडाकुडा वा कुनै घरायसी बन्दोबस्तीका चिजबीज खरिद गर्ने दिन हो, दैनिक कामधन्दामा समेत निकै खट्नुपर्ने देखिन्छ ।
आजको भाग्यबल ५० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
करियर परिवर्तन र उच्च शिक्षा प्राथमिकताको विषय बन्नेछ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि राम्रो छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने समय हो, अत: कुनै महत्त्वपूर्ण निर्णय लिनुअघि सिनियर वा जानकार व्यक्तिको सल्लाह लिनु ठीक हुन्छ । के कुराले आफूलाई सहज हुन्छ त्यो कुरा पहिल्याई कार्य गर्नसके मनमा तनाव हुनेछैन, पारिवारिक वातावरण सुखमय रहनेछ ।
आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भालचन्द्राय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गरेको कामको सर्वत्र प्रशंसा हुनेछ । सिनियर स्टाफ र सेवाग्राही दुवै पक्षलाई सन्तुष्ट तुल्याउन सकिने छ । अचानक आम्दानी हुने दिन हो । एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, ससाना कुरामा पनि नोकझोक बढ्ने समय छ । साथीभाइसँग उठबस हुने र रामरमाइलो गरिने समय हो, अनि मिठो खाने र राम्रो लगाउने तिर्सना मेट्दा मोटै धनराशि खर्च हुनसक्छ ।
आजको भाग्यबल ६० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ श्रां श्रीं श्रौं स: चन्द्राय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बन्दव्यापार र कारोबारमा आफूस्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउने दिन हो । असाध्यै गतिलो दिन छ, किनकि आज तपाईंको घरमा शुभताले प्रवेश गर्नेछ । हरेक क्रियाकलापमा परिवारका सदस्य र जीवनसाथीको साथ मिल्नाले मन पनि प्रसन्न रहनेछ । नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ ।
आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ चन्द्रघण्टायै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कारोबारमा झट्ट अर्काको विश्वास गर्ने दिन होइन, सहयोगीमाथि पनि पूर्ण भरोसा गर्ने दिन छैन, नत्र आकसिम्क रूपमा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ । मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भु लिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नु ठीक हुन्छ ।
आजको भाग्यबल ३० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नम: पशुपतये न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दुबिधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ, हिसाबकिताब नै तपाईंको काम हो भने सजगता अपनाउनु पर्छ, सेवाग्रहीसँग नम्र बोलीको प्रयोग गर्नुहोला । आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो, कुरा काट्ने, खिसीट्युरी गर्ने वा प्रतिस्पर्द्धीहरू आफैं तर्किएर हिँड्नेछन् । मौजमस्ती, आनन्द र रामरमाइलोमा केन्द्रित दिन छ, आर्थिक सङ्कट बढ्ने समय भएकाले मनलाई लगाम लगाउनु बेस हुन्छ ।
आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शशिशेखराय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )