काठमाडौंको गौशलास्थित गेष्टहाउसभित्रै युवती मृत अबस्थामा फेला परे पछि....

काठमाडौं :काठमाडौंमा गेष्टहाउसभित्रै युवती मृत फेला परेकी छन्। काठमाडौं महानगरपालिका–८ गौशलास्थित नमस्ते पूर्बेली गेष्ट हाउसमा हेटौंडा घर भएकी २९ वर्षीया बिमला तामाङ मृत फेला परेकी हुन्।

उनी ललितपुरको ईमाडोल बस्दै आएकी थिइन्। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।यस्तै दैलेख, गुँरास गाउँपालिका-५ चिप्लेडाँडा बस्ने चित्रबहादुर रानाका ११ वर्षीय छोरा मानबहादुर राना सोही ठाउँस्थित भीरमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।गत फागुन २३ गतेदेखि बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो।

पर्सा, वीरगंज महानगरपालिका-१६ ईनर्वा भन्सार पछाडि भारत र नेपालको सिमाना दशगजाभित्र सोही महानगरपालिका-२५ खलवा टोला सिर्सिया वस्ने २१ वर्षीय राना उपेन्द्र साहको शव खाल्डोमा गाडिएको अवस्थामा मंगलबार फेला परेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post