घरभित्र पसेको भन्दै दलित कुट्ने युवकलाई…

जातीय छुवाछूतसम्बन्धी मुद्दामा अदातलबाट कैद सजाए सुनाइएका एकजनासहित अन्य अपराधमा फैसला सुनाइएका तीन जना सुर्खेतमा पक्राउ परेका छन् ।

सुर्खेत जिल्ला अदालत जातीय छुवाछूत गरेको कसुरमा तीन महिना कैद र १० हजार जरिवाना तोकिएका सुर्खेतको बराहताल गाउँपालिका–८ का २२ वर्षीय भरत शाही पक्राउ परेका हुन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले सोमबार वीरेन्द्रनगर–३ बाट शाहीलाई पक्राउ गरेको हो ।

शाहीलाई सुर्खेत जिल्ला अदालतमा उपस्थित गराएको प्रहरीले जानकारी दिएको छ । २०७३ चैतमा बराहताल ८ गवेनाका ९ वर्षीय भीमबहादुर विकलाई घरभित्र पसेको भन्दै शाही र उनकी आमाले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयमा मुद्दा परेको थियो ।

यस्तै विभिन्न मुद्दामा दोषी ठहरिएका अन्य चार जनालाई पनि प्रहरी पक्राउ गरेको छ । जग्गा खिचौला मुद्दामा फरार वीरेन्द्रनगर नगरपालिका–१२ की लक्ष्मी सुनारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सुर्खेतले सुनारलाई एक महिना कैद र १० हजार जरिवाना सुनाएको थियो ।

यस्तै, सुर्खेत प्रहरीले अन्य सार्वजनिक अपराधमा फरार तीन जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–७ का ललित सुनार, दीपक गोली र वीरेन्द्रनगर–११ का धनबहादुर रहेका छन् । उनीहरू तीनै जनालाई अदालतले पाँच-पाँच हजार जरिवाना तोकेको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post