आज धेरै दिनपछि घट्यो सुनको भाउ, तोलाको कति

काठमाडौँ / सुनको भाउ सोमबार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । साेमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ २० रुपैयाँले घटेको छ ।आइतबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी साेमबार एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post